आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी समितिको बैठकले यो निर्णय गरेको हो।
निर्णय अनुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गतेदेखि लागू हुनेगरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउनेछ। साथै गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय छ।
प्रतिक्रिया