+
Search

ताजा अपडेट +

पपुलर +

सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज कतारसँग खेल्दै

अभिलेख
२०८२ आश्विन २७, सोमबार ०७:५० बजे

टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपाल आज कतारसँग खेल्दै छ।

खेल नेपाली समयअनुसार राति ८:४५ बजे ओमानमा हुनेछ। नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको थियो। कतार भने हिजो ओमानसँग ३४ रनले पराजित भएको थियो।

नेपाल जारी प्रतियोगिताको अपराजित टोली हो।

साथै, आज ओमान र युएई पनि प्रतिस्पर्धा गर्दै छन्। यो खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे हुँदै  ।

सुपर सिक्सको खेलपछि शीर्ष तीन टोली आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी– २० विश्वकपका लागि छनोट हुनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख