+
Search

ताजा अपडेट +

पपुलर +

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

अभिलेख
२०८२ आश्विन २७, सोमबार ०७:४४ बजे

नेपालले आईसीसी पुरुष टी–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा युएईविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। खेलमा नेपाल एक रनले विजयी भएको हो।

नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएई १ सय ३९ रनमा रोकियो। अन्तिम ओभरमा जितका लागि यूएईलाई १० रन आवश्यक परेका बेला नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै टोलीलाई एक रनको जित दिलाएका हुन्।

यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारि खेले पनि जितका लागि पर्याप्त हुन सकेन। उनले तीन चौका र पाँच छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिँदा गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो। नेपालले दोस्रो खेल सोमबार  कतारसँग खेल्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख