News Summary
Generated by Avilekh AI. Editorially reviewed.
- • सुपर सिक्सअन्तर्गत पहिलो खेलमा यूएईसँग खेल्दै छ।
- • पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै छ।
- • क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ।
नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा यूएईसँग खेल्दै छ।
समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको नेपालले आज पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै छ।
खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ।
नेपाल र यूएई दुवै समूह चरणमा अपराजित रहेर सुपर सिक्स खेल्न लागेका छन्। दुवैले सुपर सिक्सका लागि २ अंक पनि जोडिसकेका छन्। यस खेल जित्ने टोलीको सुपर सिक्समा बलियो सुरुवात हुनेछ ।
प्रतिक्रिया