आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।
ओमान क्रिकेट एकेडेमीमा समूहको अन्तिम खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गर्यो।
नेपाल यसअघि नै सुपर-६ मा पुगिसकेका छन्। आजको जितसँगै नेपालले सुपर-६ मा दुई अंक जोडेको छ। अब नेपालले सुपर-६ मा अरू चार टोलीसँग खेल्नेछ। युएई र कतारले सुपर-६ मा स्थान पक्का गर्दा बाँकी दुई टोली आज राति ओमान र पिएनजीबीच हुने खेलपछि टुंगो लाग्नेछ।
छ टोलीबीच हुने सुपर-६ को शीर्ष तीनमा पर्न सक्ने टोलीहरू आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० विश्वकपमा छनोट हुनेछ।
प्रतिक्रिया