एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले आज भियतनामसँग खेल्दै छ।
नेपालले बिहीबार छनोट खेलअन्तर्गत भियतनामसँगको पहिलो लेगमा खेल्न लागेको हो।
नेपालले दोस्रो लेग अक्टोबर १४ मा खेल्नेछ। भियतनामविरुद्ध नेपालको यो भेट २२ वर्षपछि हो। यसअघि नेपालले अन्तिम पटक सन् २००३ मा सोही प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो। दक्षिण कोरियामा सम्पन्न खेलमा नेपाल २–० ले पराजित भएको थियो।
नेपालले होम र अवे दुवै खेल भियतनाममा खेल्नेछ। भियतनामविरुद्धको दुई खेलमध्ये एक खेल घरेलु मैदानमै खेल्नुपर्ने थियो। तर, एसियाली फुटबल महासंघ (एएफसी)ले काठमाडौंको त्रिपुरेशवरस्थित दशरथ रंगशाला अयोग्य ठहर गरेपछि खेल नेपाली समयअनुसार भियतनामको बिङडोङ रंगशालामा नेपाली ६ः१५ बजे सुरु हुनेछ।
छनोटको समूह ‘एफ’मा रहेको नेपाल तालिकामा अंकविहीन छ। नेपालले यसअघि मलेसिया र लाओससँग खेलेको थियो। नेपाल दुवै खेलमा क्रमशः २–० र २–१ ले पराजित भएको थियो।
प्रतिक्रिया