लिगको दोस्रो खेलमा म्यान्चेस्टर सिटीले हार व्यहोरेको छ । टोटनह्याम हस्पटसँग भएको खेलमा पहिलो हाफमा नै २ गोलले पछाडि परेपछि सिटी खेलमा फर्कन सकेेन ।
ब्रेनन जोनसन र जोआओ पल्हिन्हाले गरेका गोलमा टोटेनह्याम हस्परले पाहुना टोली म्यानचेस्टर सिटीलाई २-० ले हराउँदै प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको हो।
टोटेनह्यामका नयाँ प्रशिक्षक थोमस फ्राङ्कको नेतृत्वमा टोलीले उत्कृष्ट सुरुवात गरेको छ। इथिहाड स्टेडियममा पल्हिन्हाले आफ्नो पूर्ण डेब्यूमा गोल गर्दै गरे।
ब्रेनन जोनसनले ३५ औं मिनेटमा पहिलो गोल गर्दै खेलको खाता खोले । सिटीको कमजोर खेललाई दण्डित गर्दै पल्हिन्हाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए।
गत साता वुल्भ्सविरुद्ध ४ गोल गरेको पेप ग्वार्डियोलाको टोली सिटीले यो साता निराशाजनक प्रदर्शन गर्यो ।
दुई खेलमा टोटनहमको ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया