+
Search

ताजा अपडेट +

पपुलर +

एनपीएल अक्सन

देव, पवन र अर्जुनको मूल्य १५-१५ लाख, अरूको कति?

अभिलेख
२०८२ श्रावण २४, शनिबार १९:२९ बजे

काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सन जारी छ। लिगका लागि शनिवार पौने ४ बजेबाट अक्सन सुरु भएको हो।

जारी अक्सनमा एनपीएलमा ११ खेलाडी खरिद भइसकेका छन्।

विराटनगर किंग्स, चितवन राईनोज र सूदरपश्चिम रोयल्सले दुईदुई खेलाडी किनेका छन् भने बाँकी ५ टोलीले एकएक खेलाडी खरिद गरेका छन्।

खेलाडीहरु पवन सर्राफ, देव खनाल र अर्जुन साउद १५-१५ लाखमा बिकेका छन्। खनाल र साउदलाई चितवनले किन्दा सर्राफलाई कर्णालीले किनेको हो।

कसको मूल्य कति?
विराटनगर किङ्स: सूर्य तामाङ (१० लाख) र साहिल पटेल (५ लाख)

जनकपुर बोल्ट्स : सचिन भट्ट (२ लाख)

चितवन राइनोज : देव खनाल (१५ लाख) र अर्जुन साउद (१५ लाख)

काठमाण्डौं गोर्खाज : उत्तम थापा मगर (३ लाख)

पोखरा एभेन्जर्स : अभिषेक तिवारी (२ लाख)

लुम्बिनी लायन्स : दिलिप नाथ (१० लाख)

कर्णाली याक्स :पवन सर्राफ (१५ लाख)

सुदूरपश्चिम रोयल्स : हेमन्त धामी (१० लाख) र टेकबहादुर रावत (२ लाख)

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख