+
Search

ताजा अपडेट +

पपुलर +

विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन : सभामुख र राष्ट्रियसभा अध्यक्ष

अभिलेख
२०८२ भाद्र २७, शुक्रबार १३:३६ बजे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले  विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन्।

सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनपछिको परिस्थिति सम्हाल्न संविधानबाटबाट बाहिर जान नहुने बताएका हुन्।

‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता,नागरिक स्वतन्त्रता,भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ ।’

उनीहरूले आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका छन् ।

२३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसदले गहिरो दुःख व्यक्त गरेको छ। संसद्‍का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त रूपमा शुक्रबार विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख