+
Search

ताजा अपडेट +

पपुलर +

७० वर्षको उमेरहद हटाएर सकियो नेकपा एमालेकाे महाधिवेशन

अभिलेख
२०८२ भाद्र २२, आईतवार १९:२२ बजे

गत शुक्रकार सुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज आइतबार सम्पन्न भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरू पारित गरेको छ तर सबैभन्दा चासोको विषयका रूपमा हेरिएको पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणमा कुनै प्रकारको निर्णय हुन सकेन ।

यस महाधिवेशनबाट नेकपा एमालेमा नेतृत्वमा रहेको ७० वर्षको उमेरहदको विषय हटेको छ । अध्यक्षमा दुई कार्यकाल मात्रै रहन पाउने सीमा पनि हटेको छ । यो सँगै केपी शर्मा ओलीलाई फेरि अध्यक्ष हुने बाटो खुला भएको छ ।

सबै प्रतिवेदन गत शुक्रबार प्रस्तुत भएका थिए । शनिबार १० वटा समूह बनाएर छलफल भएको थियो । आइतबार समूहगत छलफलमा आएका सुझाव प्रस्तुत भएका थिए ।

‘राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक आयोगमा निर्वाचित र नियुक्ति भएकाहरूलाई दैनिक राजनीतिमा नफर्किने कुरा पार्टीको विधान र संविधानमै लेखिनुपर्ने सुझाव पनि प्रतिवेदनमा आएको थियो ।

समूहगत रूपमा भएको छलफलमा उठेका विषयबारे नेतृत्वले जवाफ दिएपछि महाधिवेशन सकिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख