+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले केही भनेको छैन : शेरबहादुर देउवा

अभिलेख
२०८२ भाद्र २१, शनिबार १२:०२ बजे

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले आउन पाउने नपाउने केही पनि नभनेको नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउँदा संविधानको औचित्य सकिएन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘बास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा (पाइन्छ) भन्या पनि छैन, पाइन्न भनेको पनि छैन।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किएकी छन्। तर पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा आइसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख