उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले गरिरहेका छन्।
जसका लागि एमाले र कांग्रेस दुवै दलले हस्ताक्षर संकलन गर्न सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा आउन भनेका छन्। कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ। यसअघि पनि रानामाथि महाभियोग लगाउने तयारी भएको थियो। तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।
प्रतिक्रिया