+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया बढ्यो

अभिलेख
२०८२ श्रावण १९, सोमबार १६:१० बजे

बागमती प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार  दिउँसो २ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन् ।

संविधानको धारा ६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको हो ।

बहादुरसिंह लामाले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । सम्भवत: अब नेपाली कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् । आफ्नै पार्टीका लामालाई अविश्वासकाे प्रस्तावमार्फत उनले संसदीय दलको नेताबाट हटाई मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य पारेका थिए ।

कांग्रेस–एमालेको सत्ता भागवण्डामा बागमतीको मुख्यमन्त्री कांग्रेसको भागमा परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख