नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा आज (सोमबार) अध्यक्ष प्रचण्डले जवाफ दिँदै छन्।
पार्टीको केन्द्रीय कार्यालयमा हुने बैठकमा सदस्यहरूले उठाएका विषयमा अध्यक्ष प्रचण्डले उत्तर दिने भएका हुन्।
शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकका नेताले धारणा राखिसकेका छन्। बैठकमा प्रचण्डको दस्तावेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्कीलगायत केही नेताले प्रश्न उठाए पनि धेरैले समर्थन गरेका छन्।
विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्।
प्रतिक्रिया