+
Search

ताजा अपडेट +

पपुलर +

हाम्रो पार्टीलाई विभाजन गर्न अनेक जालझेल भइरहेको छ: प्रचण्ड

अभिलेख
२०८२ श्रावण १८, आईतवार १२:४८ बजे

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादी अपराधीहरूले हाम्रो पार्टीलाई विभाजन गर्न अनेक षड्यन्त्र गर्ने, जालझेल गर्ने, लगानी गर्ने तमाम काम गरेको बताएका छन्।

आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३ औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै पार्टीलाई विभाजन गर्न प्रतिक्रियावादीहरूले अनेकौँ षड्यन्त्र गरिरहेको उनले बताए।   प्रतिक्रियावादीसँग अन्तिम लडाईं लड्न बाँकी नै रहेकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीबिच एकता गरी नयाँ सङ्कल्प गर्न आवश्यक भएको जिकिर गरे।

‘जतिबेला हामी शान्ति सम्झौतामा आयौँ, त्यतिबेलादेखि नै षड्यन्त्र, छलछाम जारी नै छ’, सबै क्रान्तिकारी कम्युनिस्टहरूबिच एकता गर्ने प्रयास गरेका छौँ। तर प्रतिक्रियावादीले ज्यान छोडेर लागेका छन् भन्ने कुरा पनि हामी सबैले बुझ्नुपर्ने हुन्छ- उनले भने।’

हिजो जनतामा भ्रम छर्ने, क्रान्तिकारीलाई घेरा हाल्ने, निर्मम र नृशंस तरिकाले हत्या गर्ने, महिलाहरूमाथि चरम यातना र बलात्कारको विभीषिका खडा गर्ने तत्वहरुले अहिले पनि कसरत गरिरहेको उनको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख