+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेश सरकार पुनर्गठन

अभिलेख
२०८२ श्रावण १४, बुधबार २१:२७ बजे

बागमती प्रदेश सरकार पुनर्गठन गरिएको छ।

बुधबार मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकार पुनर्गठन गरेका हुन्।

मुख्यमन्त्री लामाले चार वटा मन्त्रालय आफैँसँग राखेर सरकार पुनर्गठन गरेका हुन्।

गत शुक्रबार मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका थिए।

आफूलाई असहयोग गरेपछि मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका मन्त्रीहरुलाई पदबाट हटाएका थिए। कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउका लागि  मन्त्रीहरुले राजीनामा दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख