+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेशका मुख्यमन्त्रीले गरे तीन मन्त्री नियुक्त

अभिलेख
२०८२ श्रावण १४, बुधबार ११:१४ बजे

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन्।

९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएपछि बागमतीमा कांग्रुसले सम्हालका पाँच मन्त्रालय मन्त्री विहीन थिए।

मुख्यमन्त्री लामाले आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गोविन्द लम्साल, युवा तथा खेलकुद मन्त्रीमा माया श्रेष्ठ र ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रीमा गीता गुरुङलाई नियुक्ति दिएका हुन्।

बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए । अझै संस्कृति तथा पर्यटन, खानेपानी मन्त्रालय नेतृत्वविहीन छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख