+
Search

ताजा अपडेट +

पपुलर +

भ्रष्टाचार छानबिनको माग गर्दै राप्रपाको प्रदर्शन

अभिलेख
२०८२ श्रावण २, शुक्रबार १५:२३ बजे

राप्रपाले सबै किसिमका भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयअगाडि प्रदर्शन गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनसहितले नाराबाजी गर्दै शुक्रबार दिउँसो अख्तियारअगाडि प्रदर्शन गरेका हुन्। साथै भ्रष्टाचारको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझाउन पार्टी अध्यक्ष लिङ्देनसहित नेताहरू पशुपतिशमशेर जबरा र ज्ञानेन्द्र शाहीलगायत नेता कार्यकर्ता आयाेगकाे कार्यकालय पुगेका थिए।

ज्ञापनपत्रमा  आयाेगकाे वार्षिक प्रतिवेदनमा भ्रष्टाचारका उजुरी, मुद्दाको संख्या र दाबी रकम बढ्‌दै गएकोले छानबिन र कारबाही प्रभावकारी बनाउनुपर्ने राप्रपाकाे माग छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख