+
Search

ताजा अपडेट +

पपुलर +

एमालेमा फर्केकी विद्या भण्डारीले किन खोजिन् कांग्रेस नेता कोइरालाको साथ

अभिलेख
२०८२ श्रावण २, शुक्रबार १५:०५ बजे

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेट भएको छ।

पूर्वराष्ट्रपति भण्डारीको निवास भंगाल (बूढानीलकण्ठ नगरपालिका) मा कोइरालालाई बोलाएर भण्डारीले कुराकानी गरेकी हुन्।

शुक्रबार करिब एक घण्टा दुवै नेताबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको हो। डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पूर्व राष्ट्रपति भण्डारी र डा. कोइरालाबिच एक घण्टा भेटघाट भएको पुष्टि गरे। ‘उहाँहरूबीच आज करिब एक घण्टा आज बिहान कुराकानी भएको हो,’ थपलियाले भने।

कोइरालाले आफूले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा आवाज उठाएकाले साथ दिन पूर्वराष्ट्रपति भण्डारीसँग आग्रह गरेका थिए। वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण गर्न नसकेको उनको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले सुशासनको पक्षमा हुने प्रयासमा आफ्नो साथ रहने बताइदिइन्। उनले आफू अब सक्रिय राजनीतिमा आउन लागेकाले डा कोइरालासँग साथ र समर्थन समेत मागेकी थिइन्।

सक्रिय राजनीतिमा आउने घोषणा गरेसँगै पूर्वराष्ट्रपति भण्डारीले नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएकी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख