+
Search

ताजा अपडेट +

पपुलर +

हमासले हस्तान्तरण गरेको शव विपीनको भएको पुष्टि

अभिलेख
२०८२ आश्विन २८, मंगलवार १६:३० बजे

हतियारीधारी समूह हमासले सोमबार बुझाएका  शवको पहिचान भएको इजरायली सेनाले जानकारी दिएको छ।

हस्तान्तरित चार शवमध्ये एक शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको पुष्टि भएको छ। डीएनए परीक्षणबाट उक्त शव विपीनको भएको खुलेको इजरायली मिडिया द जेरुसेलम पोस्टले उल्लेख गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपीनको शव सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो । रेडक्रसले शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।

इजरायली सेनाले विपिनसहित चार जनाकै शव पहिचान भएको जानकारी दिँदै दुई जनाको नाम सार्वजनिक गरेको र थप दुई जनाको नाम परिवारको सहमतिपछि सार्वजनिक गर्ने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख