+
Search

ताजा अपडेट +

पपुलर +

कैलालीमा विभत्स हत्या, काटिएको टाउको बोकेर अभियुक्त पुगे प्रहरी कार्यालयमा

अभिलेख
२०८२ आश्विन २५, शनिबार ०८:३६ बजे

कैलालीको घोडाघोडी नगरपालिका–८ मा आपसी विवादमा एक युवकको विभत्स हत्या भएको छ।

शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका २८ वर्षीय केशरसिंह बुढाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री मृतकको टाउको बोकेर शुक्रबार राति नै इलाका प्रहरी कार्यालय सुखडमा आत्मसमर्पण गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले दुवै जनालाई नियन्त्रणमा राखी घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीले हत्याको कारण र घटनाका अन्य विवरणबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख