इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमासले बन्धक बनाएका २० जनाको नामावली सार्वजनिक भएको छ। जसमा नेपालका विपिन जोशीको नाम छैन।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनको अवस्था अहिलेसम्म स्पष्ट नभएको र जानकारी पाउन कोसिस भइरहेको बताएका छन्। विपिन जोशीलाई हमासले गत अक्टोबर ७ मा किबुत्ज क्षेत्रमा बन्धक बनाएको थियो र उनको पछिल्लो अवस्था अज्ञात छ। सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् ।
हमासले बन्धक बनाएका २० जनाको नामावली सार्वजनिक, विपिनको नाम छैन
२०८२ आश्विन २४, शुक्रबार ०८:४१ बजे

प्रतिक्रिया