+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

फाइल ।
अभिलेख
२०८२ आश्विन ८, बुधबार १२:०० बजे

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ र त्यसलाई अनुमोदनको प्रक्रियामा लगिनेछ। माओवादी केन्द्रकोख पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।

महाधिवेशन गर्ने निर्णयसँगै अहिले नै पार्टीका सबै संगठन भंग गर्ने पार्टी कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्ताव छ।

यी प्रस्तावलाई स्थायी समितिबाट अनुमोदन गरेर केन्द्रीय समिति बैठकमा लैजाने तयारी छ । केन्द्रीय समितिले निर्णय गरेपछि मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णयले औपचारिकता पाउनेछ। संगठनहरू भंगको निर्णय पनि केन्द्रीय समितिको बैठकले नै गर्नेछ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते काठमाडौंमा बस्दैछ।  केन्द्रीय समिति बैठकको तयारीका लागि आज स्थायी समिति बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख