जेन–जी आन्दोलनपछि अन्तरिम सरकार प्रमुखका लागि पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको नाम आएको छ।
जेन–जी आन्दोलनकारीले कार्कीको नाम नेपाली सेनालाई प्रस्ताव गरिसकेका छन्। आफ्नो नाम चर्चामा आएसँगै कार्कीले भारतीय टीभी न्युज १८ सँग कुराकानी गरेकी छिन्।
टीभीसँगको कुराकानीमा उनले आफूलाई चुनावी प्रयोजनको लागि सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका कारण स्वीकार गरेको दाबी गरेकी छिन् । आफूले जेन–जीको प्रस्तावलाई स्वीकार गरेको बताउँदै आन्दोलनमा मारिएका व्यक्तिलाई न्याय दिनु आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन्। साथै, ६ महिनादेखि एक वर्षभित्र चुनाव गराउनु आफ्ना प्राथमिकता हुने बताएकी छिन्।
कुराकानीमा उनले भनेकी छिन्, ‘मेरो तत्कालीन नेतृत्व आन्दोलनका क्रममा मारिएका जेन–जीको परिवारलाई राहत दिनु हुनेछ । प्रधानमन्त्रीको राजीनामाको माग पूरा भइसकेको छ । सरकार बनेपछि अरु धेरै कुरा पूरा गर्न सकिन्छ ।
सिंहदरबार, सर्वोच्च अदालतदेखि देशभरका विभिन्न जिल्लाका विभिन्न कार्यालयका फाइल जलेका छन्। तर, हामी अब मिहिनेत गर्छौं ।’
उनले भनेकी छिन्, ‘जब दुई देशको मामिला हुन्छ, यसमा त एउटा पोलिसी बनाएर त जाने हो । मेरो भारतमा धेरै साथीहरू छन्, उहाँसँग राम्रो सम्बन्छ छ।’
प्रतिक्रिया