आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले समर्थन जनाएका छन्।
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन्। बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, अहिले जंग्गीअड्डाबाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरिरहेका छन्। बुधबार दिनभर जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए। त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ। कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका नामहरु समेत लिइरहेका छन्।
बुधबार बिहान जेनजी प्रतिनिधि वार्ताका लागि जंगीअड्डा पुगेका थिए । तर, १५ जनाभन्दा बढी छलफलका लागि पुगेपछि सेना प्रमुख अशोकराज सिग्देलले पहिले आपसमा सहमति गरेर आउन भनेका थिए। उनले संयोजक समेत तोकेर आउन आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक भएको थियो।
प्रतिक्रिया