+
Search

ताजा अपडेट +

पपुलर +

वीरगन्ज कारागारको अवस्था बिहानैदेखि तनावग्रस्त

अभिलेख
२०८२ भाद्र २५, बुधबार १३:२५ बजे

जेन जीले गरेको आन्दोलनलाई मौका छोपी कैदीहरू भाग्ने क्रम बढेको छ । यसै क्रममा वीरगन्ज कारागारको अवस्था बुधबार बिहानैदेखि तनावग्रस्त छ ।

कारागारको पर्खाल भत्काएर भाग्ने प्रयास गरिरहेका कैदीबन्दीलाई रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवान खटिएका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मंगलबार राति देखिनै भाग्ने प्रयास गरेका कैदीबन्दीले बुधबार बिहानदेखि आफ्नो प्रयास झनै तीब्र बनाएको बताए ।

कैदीबन्दीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १० राउण्ड बढी हवाई फायर र अश्रु ग्यास प्रहार गरिसकेका छन्। प्रजिअ सुवेदीले एक कैदी गोली लागि घाइते भएको बताए । कारागारमा महिला र पुरुष गरी १ हजार ३ सय बढी कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख