जेनजीले आफ्नो आन्दोलन सकिएको र अब वार्ताबाट समाधान खोज्ने भनिरहँदा पनि लुटपाटको श्रृङ्खला नरोकिएपछि नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ ।
“अहिले हाम्रो ध्यान परिस्थितिलाई सामान्यकरण गर्नेतर्फ केन्द्रित छ । लुटपाट, आगजनीजस्ता घटनाहरू रोक्ने प्रयास भइरहेको छ” नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भने, “हामी निषेधाज्ञा जारी गर्ने तयारी गरिरहेका छौँ ।”
सेनाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गरेको छ । अत्यावश्यक सेवाहरू भने सुचारु हुने सेनाको भनाइ छ ।
अहिले पनि लुटपाटमा केही मानिसहरू संलग्न भइरहेको सेनाले जनाएको छ । “अझै मान्छे जमघट हुने काम भइरहेको छ । लुटपाटका घटनामा संलग्न २७ जनालाई सेनाले नियन्त्रणमा लिइसकेको छ,” सैनिक प्रवक्ता बस्नेतले भने ।
प्रतिक्रिया