+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीकाे निजी निवासमा पनि आगजानी

अभिलेख
२०८२ भाद्र २४, मंगलवार १३:१४ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ ।
प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष समेत रहेका ओली निवासमा मंगलबार आगजनी गरेका हुन्। सुरुमा तोडफोड गर्न जाँदा गोली चलेर २ जना प्रदर्शनकारी घाइते भएका थिए ।

प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री पृथ्वीसुव्वा गूरुङलगायतको निवासमा आगजनी र तोडफोड भइसकेको छ ।

त्यस्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव शङ्कर पोखरेलको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख