+
Search

ताजा अपडेट +

पपुलर +

छोराको खोजीमा भौँतारिँदै छन् सिन्धुपाल्चोकका श्रेष्ठ दम्पति

अभिलेख
२०८२ भाद्र २४, मंगलवार ०८:३३ बजे

सिन्धुपाल्चोक घर भई जडिबुटी बस्ने नागरिकताको नाम होमबहादुर श्रेष्ठ (बोउलाने नाम बिनेश श्रेष्ठ) हिजो आन्दोलनमा पुगेका थिए। बुबा क्षेत्रबहादुर श्रेष्ठ र आमा कृष्णमाया श्रेष्ठ अस्पतालहरुमा भौतारिँदै छन्।
उनले दिउँसो २ बजेसम्म बुबाआमासँग फोनमा कुरा गरेका थिए। तर उनको अवस्था अहिले के छ? कहाँ छन्? थाहा छैन।

“छोरा आन्दोलनमा जान्छु भनेरै हिँडेको हो । मैले नजाऊ भनेको थिएँ तर उसले जान्छु म। किन नजाने भनेर घरबाट निस्किएको हो।” उनका बुबाले भने, “अहिले कुन अवस्थामा छ थाहा छैन । हुन चाहिँ सिभिल हस्पिटलमा छ भन्ने सुनेको हो । घाइते छ कि ? मारेर राखेको छ कि ? थुनेर राखेको छ कि ? थाहा छैन । भेटिएला कि भनेर बिहानै यहाँ आएका हौँ ।”

उनले आमासँग अन्तिम संवादमा यहाँ साथीहरू मरिसकेका छन् कहाँ घर आउने भनेका थिए । उनकी आमाले भनिन्, “अहिले उसको न फोन लाग्छ, न मान्छे भेटिएको छ। हामी रातभर निदाउन सकेका छैनौँ।”

उनका बुबा र आमा अहिले सिभिल अस्पतालमा छोराको अवस्थाको खोजीमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख