ललितपुर जिल्लाको केही स्थानमा बिहानै कर्फ्यु आदेश जारी भएको छ ।
जेनजी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको हो । बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम ललितपुर जिल्लाको विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो ।
ललितपुर महानगरपालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
वडा नं. ४, ५, १५ र २४ को भैँसेपाटी क्षेत्र, वडा नं. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
यता सोमबार दिउँसोबाट सुरु भएको काठमाडौँ जिल्लाको कर्फ्युको समय भने बिहान ५ बजेबाट सकिएको छ। सोमबार जेनजीको आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन काठमाडौँले विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युको समय सकिएपछि फाट्टफुट्ट सवारीसाधनहरू चल्न थालेका छन् ।
प्रतिक्रिया