+
Search

ताजा अपडेट +

पपुलर +

लगनखेल क्षेत्रमा महानगरकाे डाेजर : भत्काइयाे अवैध संरचना

अभिलेख
२०८२ भाद्र २२, आईतवार १२:०४ बजे

आइतबार ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ।

आइतबार बिहान ३ वटा डोजर सहित सो क्षेत्रमा पुगेका नगर प्रहरीले वडा नं‍‍. ५ लगनखेलमा रहेको सरकारी जग्गा कित्ता नं. १०५ क्षेत्रफल १७–०–०–० जग्गामा निर्माण गरिएको संरचना भत्काएको हो।

यस अघि महानगरले ३५ दिने सूचना टाँस गरेको थियो । सूचना टाँस गरेर दिइएको समयसीमा नाघेपछि आज डोजर चलाइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरुको संरक्षण गर्ने नीति बमोजिम सो स्थानमा रहेको न्हुः पोखरीको जिर्णोद्वार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० नगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन हुनाले सो संरचना हटाइएको हाछेथुले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख