नेपालका जेनजी पुस्ताले ८ सेप्टेम्बर २०२५ अर्थात् भोलि सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
सामाजिक सञ्जाल बन्दको विरोधमा र भ्रष्टाचारविरूद्ध उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्।
विद्यार्थीहरू पोशाक लगाएर परिचय पत्रसहित कम्तीमा एउटा किताबसहित माइतीघर मण्डलमा उपस्थित हुन उनीहरूले आग्रह गरेका छन्। यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेन्ड नै चलिरहेको छ।
टिटकटक र फेसबुकजस्ता प्ल्याटफर्ममा अभियान नै चलाएर युवाहरूले यो आन्दोलनको आह्वान गरेका छन् । जसमा नेताहरूका सन्तानको विलासितापूर्ण जीवन र आम नेपालीको सङ्घर्षबिचको खाडललाई उजागर गरिएको छ । प्रर्दशन मुख्यतः संसद भवन र सरकारी कार्यलयहरू अगाडि हुनेछ । यो आन्दोलनले भ्रष्टचारले विकासमा पारेको अवरोध, नेताहरूको गैह्र जवाफदेहिता र अभिव्यक्ति स्वतन्त्रताको अङ्कुशमाथि युवा पुस्ताको आक्रोश झल्काउँछ ।
नेपालमा दर्ता गर्न नआएका सामाजिक सञ्जाललाई सरकारले बन्द गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री भइसकेका मानिसहरू संलग्न आरोप लागेका तर अझै पनि कानुनी दायरामा नआएका ललिता निवास जग्गा प्रकरण लगायत ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।
उनीहरूले देशमा सुशासन, रोजगारी सिर्जनाको वातावरणलगायत हुनुपर्ने बताएका छन्।
प्रतिक्रिया