+
Search

ताजा अपडेट +

पपुलर +

आज लाग्दैछ चन्द्रग्र , राशिअनुसार यस्ता छन् प्रभाव (राशिफलसहित)

ज्यो. राजेश घिमिरे
२०८२ भाद्र २२, आईतवार ०६:५८ बजे

आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन नेपालसहित भारत र एसियाका धेरै देशमा खग्रास चन्द्रग्रहण देखिने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १०ः११ बजे ग्रहण सुरु भई ११ः५६ बजे मध्य र १ः४१ बजे मोक्ष हुने छ। खग्रास अवधि १ घण्टा २३ मिनेट र सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्ने बताइएकाे छ। मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि प्रतिकूल मानिएको छ भने मेष, वृष, कन्या र धनु राशिका लागि लाभदायी हुने विश्वास छ। विशेषगरी कुम्भ राशि र शतभिषा तथा पूर्वाभाद्रपदा नक्षत्रमा जन्मेकालाई यो ग्रहणले बढी कष्ट दिने जनाइएको छ। धार्मिक मान्यताअनुसार दिउँसो १ः११ बजेदेखि सुतक लाग्ने भएकाले बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ भने ग्रहण अवधिमा मन्त्रजप, हवन र दान जस्ता कार्यलाई शुभ मानिन्छ। यद्यपि वैज्ञानिक दृष्टिले चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर नपर्ने स्पष्ट गरिएको छ। खगोलविद्हरूका अनुसार यो ग्रहण विद्यार्थी र खगोलप्रेमीका लागि दुर्लभ अध्ययन तथा अवलोकनको अवसर हुनेछ।

यस्तो छ आजको राशीफल: 

मेष – सम्मान, प्रतिष्ठा र प्रभुत्व बढ्नेछ । व्यापार, सम्पत्ति तथा शेयर बजारबाट लाभ मिल्नेछ । अध्ययनमा सफलता र आर्थिक अवस्था सुदृढ हुनेछ ।

वृष – नाम र दाम दुवै कमाउने अवसर छ । कृषि, पशुपालन, व्यापार र शेयर बजारबाट लाभ हुनेछ । राजनीति वा नोकरीमा पदोन्नति मिल्नेछ, प्रेम जीवन पनि मधुर हुनेछ ।

मिथुन – सामाजिक तथा धार्मिक काममा सक्रियता बढ्नेछ । लगानीबाट दीर्घकालीन नाफा हुनेछ । अनुसन्धानमा प्रगति हुनेछ र प्रेममा रमाइलो यात्रा सम्भावना छ ।

कर्कट – व्यस्तताले स्वास्थ्यमा असर गर्नेछ, खानपानमा ध्यान दिनुहोस् । व्यापारमा मन्दी आउन सक्छ र पढाइमा कमी हुनेछ । प्रेम जीवन मध्यम रहनेछ तर धर्ममा आस्था बढ्नेछ ।

सिंह – व्यापारमा राम्रो नाफा र लामो यात्रा हुने सम्भावना छ । साथी वा आफन्तबाट उपहार पाइनेछ । पढाइमा प्रगति हुनेछ र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ ।

कन्या – विवाद र प्रतिस्पर्धामा विजय हुनेछ । पढाइमा राम्रो उपलब्धि र ऋण चुक्ता हुने समय छ । नयाँ व्यवसाय वा शेयर बजारमा लाभ मिल्नेछ, प्रेम जीवन सुदृढ हुनेछ ।

तुला – बौद्धिक सीप प्रयोग गरेर आम्दानी बढ्नेछ । वित्तीय कारोबार वा शेयर बजारमा फाइदा हुनेछ । पढाइमा प्रगति हुनेछ, उपहार पाइनेछ र प्रेम जीवन मधुर हुनेछ ।

वृश्चिक – सामाजिक वा राजनीतिक काम गर्दा आलोचना सहनु पर्न सक्छ । स्वास्थ्यमा समस्या र सम्पत्ति कारोबारमा चुनौती आउन सक्छ । तर कृषि तथा पशुपालनबाट फाइदा मिल्नेछ ।

धनु – पढाइमा सफलता र छोटो यात्रा सम्भावना छ । दाजुभाइको सहयोगले लगानीमा फाइदा हुनेछ । प्रेममा नजिकिनेछ र लेखन वा विचारले समाजमा प्रभाव पार्न सकिनेछ ।

मकर – व्यापारमा फाइदा र पुरानो लगानी उठ्नेछ । आफन्तसँग सम्बन्ध सुधारिनेछ र सहयोग पाइनेछ । रमाइलो जमघट र मिष्टान्न भोजनको अवसर मिल्नेछ ।

कुम्भ – अवसरको सदुपयोग गर्दै उपलब्धि हासिल गर्न सकिनेछ । व्यापार, उद्योग वा राजनीतिबाट लाभ हुनेछ । पढाइका लागि लामो यात्रा सम्भावना छ र प्रणय सम्बन्ध बलियो हुनेछ ।

मीन – ठूला योजना तत्काल सुरु नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, अनावश्यक यात्रा नगर्नुहोस् । तर विदेश यात्राको योग छ र विदेशमा बसेर पेसामा लाभ मिल्नेछ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

ज्यो. राजेश घिमिरे