आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ।
हाल देशभरि मनसुनी वायुको प्रभाव छ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु(भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
प्रतिक्रिया