काठमाडौं उपत्यका प्रहरीले अनौठो उर्दी जारी गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत उर्दी जारी गर्दै ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न भनेको छ। प्रहरीले एक सूचना जारी गर्दै बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने कार्य नगर्न भनेको छ। साथै राति अबेरसम्म वा बिहान सबेरै प्रेसर कुकुरमा सिटी नलगाउन, राति अबेर शौचालय फ्लस गर्दा ध्वनी कम गर्ने उपाय अपनाउन, गेट खोल्दा आवाज कम गर्ने, मोटरसाइकलमा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न भनेको छ।
विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण उत्पन्न भएर गर्भवती महिला, बाबालिका, वृद्धवृद्धालाई असर गर्ने भन्दै सो अभियान जारी गरिएको प्रहरीको जारी सूचनामा छ।
राति अनावश्यक आवज नगर्ने शीर्षकमा कार्यालयले फोन कल गर्दा हेडफोन प्रयोग गर्न, वा म्यासेजमै सम्वाद गर्न सुझाव दिएको छ।
अबेरसम्म ठूलो स्वरले गफगाफ गर्न नहुने, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्ने, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्ने, अमेरिसम्म म्इुजिक बजाएर नाचगान नगर्ने भनिएको छ।
ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्वन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने पनि जनाएको छ।
प्रतिक्रिया