+
Search

ताजा अपडेट +

पपुलर +

आज कहाँ कहाँ पानी पर्छ?

अभिलेख
२०८२ भाद्र १५, आईतवार ०७:१५ बजे

आज देशको विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सरदर स्थानको आसपासमा नै पानी पर्ने बताएको छ।

आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ। महाशाखाका अनुसार लम्जुङको राइनास केन्द्रमा १२६.८, गोरखाको आरूघाटमा ८८.८, सिन्धुपाल्चोकको गोब्रेमा ८८, रूकुमपूर्वको बाफिकोटमा ९४.८, जाजरकोटको एक केन्द्रमा ८०.२ मिलिमिटर वर्षा भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख