+
Search

ताजा अपडेट +

पपुलर +

आज ऋषि पञ्चमीको पुजा

अभिलेख
२०८२ भाद्र १२, बिहीबार १०:१५ बजे

भदौ शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको पुजाका लागि मन्दिरहरुमा महिलाहरूको भीड लागेको छ ।

महिलाहरू बिहानैदेखि मन्दिरमा पुगि  ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरी पूजा गरिरहेका छन्।

कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।

आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ। यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ‘ऋषि पञ्चमी’ भन्ने गरिएको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख