+
Search

ताजा अपडेट +

पपुलर +

तीज पर्वलाई लक्षित गर्दै मासु, मदिरा तथा नशालु पदार्थमा प्रतिबन्ध

अभिलेख
२०८२ भाद्र ९, सोमबार ०७:२२ बजे

हरितालिका तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन भन्दै काठमाडौ‌ जिल्ला प्रसाशनले मासु, मदिरा तथा अन्य नशालु पदार्थको उत्पादन, बिक्री, खरिद, ओसारपसार, भण्डारण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनाअनुसार सूचना जारी गर्दै काठमाडौंको पशुपति क्षेत्रमा मासु, मदिरा तथा अन्य नशालु पदार्थको उत्पादन, बिक्री, खरिद, ओसारपसार, भण्डारण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको जानकारी दिएको छ। जारी सूचनामा अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क- – उमाकुण्ड ‍ इ-गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको हो।

सूचनामा भनिएको छ, हिन्दु नारीहरुको महान चाड हरितालिका (तीज) पर्व, २०८२ लाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न भगवान श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्र भित्रको सुरक्षा लगायत धार्मिक एवं साँस्कृतिक मर्यादा तथा पवित्रता कायम राख्ने उद्देश्य समेतलाई मध्यनजर गरी यही मिति .२०८२/०५/०९ गतेदेखि ऐ. ११ गतेसम्मका लागि देहायका चार किल्ला भित्र कसैले पनि मासु, मदिरा . तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही भईजाने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख