+
Search

ताजा अपडेट +

पपुलर +

सुख्खा पहिराेका कारण मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

अभिलेख
२०८२ भाद्र ७, शनिबार ०८:३३ बजे

बिहानै सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो।

सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटाइएको प्रहरी निरीक्षक प्रतीक सिंहले बताएका छन् ।

पहिरो पन्छाउन एक्स्काभेटर प्रयोग गरिएको छ ।

पहिरोका कारण सवारीसाधनहरू रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।

यस सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख