सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा दुई सवारीसाधन एकापसमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन्।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेको पहिचान हुन सकेको छैन। घाइतेहरूको इनरुवा, विराटनगर न्युरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापाको अर्जुनधारा नगरपालिका– १, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए।
प्रतिक्रिया