कैदीबन्दीले नियन्त्रणमा लिएको कैलाली कारागारको नियन्त्रण स्थानीय प्रशासनले फिर्ता लिएको छ।
हतियारसहितका सुरक्षाकर्मीलाई पठाएर कारागारको नियन्त्रण सशस्त्रले फिर्ता ल्याइदिएको हो।
शुक्रवार कैदीबन्दीका दुई समूहबीचको झडपपछि राज्यले गुमाएको कारागारको नियन्त्रण फिर्ता लिइएको जिल्ला प्रशासन कार्यालयले बताएको हो।
आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानव अधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका थिए।
भित्रबाट ताला लगाएर कैदीबन्दीहरूले थुनुवा कक्ष पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।
उनीहरूले कसैलाई पनि कारागारमा प्रवेश गर्न दिएका थिएनन्।
शुक्रवारको झडपमा परी एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए।
प्रतिक्रिया