मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)लाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माले उनलाई थुनामा पठाउन आदेश गरेका हुन्।
जबरजस्ती करणीको कसुरमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो। साउन ४ मा पक्राउ परेका उनीविरुद्ध २३ वर्षीया युवतीले उजुरी दिएकी थिइन्।
अहिराजले बानेश्वरस्थित डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार गरेको उनको जाहेरीमा उल्लेख छ।
२०८१ जेठ ४ मा डेरामा आएर अहिराजले बलात्कार गरेको पीडित युवतीको दाबी छ।
अहिराजलाई पीडितले १७ वर्षको उमेरमा विराटनगरमा चिनेको बताएकी छन्। बलात्कारपछि अहिराजले धम्की दिएको पीडितको जिकिर छ।
प्रतिक्रिया