+
Search

ताजा अपडेट +

पपुलर +

भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिलालाई नेपाल फर्काइयो

अभिलेख
२०८२ श्रावण ९, शुक्रबार ०९:३० बजे

भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राराष्टिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरुलाई नेपाल फकाईएको छ।

दिल्ली विमानस्थलबाट एनओसी विना कुवेत जान लागेका उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही ल्याइ पुर्‍याइएको हो।

दिल्लीस्थित नेपाली दुतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुदै रुपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।

त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरुको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख