+
Search

ताजा अपडेट +

पपुलर +

रसुवा बाढीमा ६ चिनियाँ र ३ प्रहरीसहित १८ जना सम्पर्कविहीन

अभिलेख
२०८२ असार २४, मंगलवार १०:०६ बजे

चीनबाट आएको बाढीमा परेर रसुवामा १८ जना सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा ३ जना नेपाल प्रहरी, ९ नेपाली नागरिक सर्वसाधारण, ६ चिनियाँ नागरिक छन्।

यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए।

नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। पहिलो प्रयासमा हेली उद्धार हुन नसकेपछि अर्को हेलिकोप्टर पठाइएपछि उद्धार भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख