अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बन्दी रिहाइ समारोहमा सहभागी हुन आज इजरायल जाँदै छन् ।
दुई वर्ष लामो इजरायल–हमास युद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका ट्रम आज हुने बन्दी रिहाइ समारोहमा सहभागी हुन इजरायल जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
७ अक्टुबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण सुरु गरेको थियो, त्यस क्रममा नेपालका विपिन जोशीसहित केही व्यक्तिलाई हमासले कब्जा गरेको थियो । हमासको कब्जामा हालसम्म ४७ जना रहेको र त्यसमा कम्तिमा २० जना जीवित रहेको अनुमान गरिएको छ ।
हालै भएको गाजा शान्ति सम्झौतामा इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने र हमासले बन्दी रिहाइ गर्ने सहमति भएको थियो । सहमतिमा हमासलाई नेपाली समयअनुसार आज दिउँसो २:४५ बजेसम्म बन्दी रिहाइको लागि समय तोकिएको छ ।
रिहाइ हुने बन्दीको सूचीमा नेपालका जोशीबारे अहिलेसम्म स्पस्ट अवस्था सार्वजनिक भएको छैन ।
प्रतिक्रिया