आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड मर्ज भएर बनेको ‘आईएमई खल्ती लिमिटेड’को आजदेखि एकिकृत कारोबार हुने भएको छ।
दुई कम्पनी एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै बिहीबारबाट एकिकृत कारोबार सुरु हुने भएको हो।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड एक आपसमा मर्ज भएका थिए । दुई संस्था मर्ज भएर साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी नेपाल राष्ट्र बैंकले गाभ्न र गाभिनका लागि स्वीकृति प्रदान गरिसकेको छ। अब दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार बिहीबारबाट एकीकृत रुपमा आईएमई खल्ती लिमिटेडको नामबाट सञ्चालन भुक्तानी तथा फछ्यौट हुनेछ।
प्रतिक्रिया