+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ७६ करोड ४३ लाख

अभिलेख
२०८२ असार २९, आईतवार १६:१४ बजे

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट पेश गरेको छ।

आइतबार राष्ट्रिय सभा गृहमा बसेको नगर सभा बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि  बजेट पेश गरेकी हुन्।

नगरसभा सुरूमा मेयर बालेन शाहले नीति तथा कार्यक्रम पेश गरेका थिए। नीति तथा कार्यक्रम पास गर्नासाथ उपमेयर डंगोलले बजेट पेश गरेकी हुन्।

२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख