पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच वटा पुस्तक छनोट भएका छन्।
छनोट भएका पुस्तकहरूमा छुदेन काविमोको आख्यान उरमाल, रमेश भुसालको गैरआख्यान छालबाटो, भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा, सरस्वती प्रतीक्षाको स्व उपन्यास र तीर्थ गुरुङको उपन्यास हिउँको गीत छन्।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अनुसार पहिलो चरणमा परेका २०३ पुस्तकमध्येबाट १५ वटा र दाेस्रो चरणमा त्यसमध्ये उत्कृष्ट ५ पुस्तक छनोट भएको प्रतिष्ठानले जनाएको छ।
यी ५ मध्ये एउटा पुस्तकलाई पद्मश्री पुरस्कार प्रदान गरिनेछ।
प्रतिष्ठानले २०६३ सालदेखि पद्मश्री पुरस्कारका प्रदान गर्दै आएको छ।
प्रतिक्रिया