+
Search

ताजा अपडेट +

पपुलर +

खल्ती बाई आईएमईका सीईओ खड्का बने पीएसपी एसोसिएसनका अध्यक्ष

अभिलेख
२०८२ श्रावण १२, सोमबार १०:५० बजे

काठमाडौँ- भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती बाई आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का पीएसपी एसोसिएसनको अध्यक्ष चुनिएका छन्।

भुक्तानी सेवा प्रदायकहरूको छाता संस्था पीएसपी एसोसिएसनका संस्थापक अध्यक्ष प्रविन रेग्मी खल्ती बाई आईएमई लिमिटेडमा सञ्चालक समिति सदस्य बनेपछि खड्का नयाँ अध्यक्ष चयन भएका हुन्।

नयाँ आर्थिक वर्ष सुरु भएकै दिन साउन १ गते आईएमई पे र खल्ती मर्ज भएर खल्ती बाई आईएमई बनेको हो। तत्कालीन खल्तीका सीईओसमेत रहका खड्का मर्जरपछि बनेको कम्पनीमा पनि प्रमुख कार्यकारीमा दोहोरिएका हुन्। रेग्मी तत्कालीन आईएमई पेमा सीईओ थिए।

खड्का यसअघि पीएसपी एसोसिएसनको संस्थापक उपाध्यक्ष थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख