+
Search

ताजा अपडेट +

पपुलर +

मेरो जीवनको लक्ष्य (कविता)

श्रेया अधिकारी
२०८२ आश्विन २५, शनिबार ०९:२२ बजे

जीवनमा केही गरेर नाम राख्न म चाहन्छु
त्यो नाम राख्न अहिले शिक्षा हाँसिल गर्दै छु ।
जीवनको लक्ष्य गर्नलाई पूरा तत्व नै शिक्षा हो
जीवनमा शिक्षा हाँसिल गरी सफल बन्ने हो ।।

जीवनको लक्ष्य डाक्टर बनी बिरामी जाँच्ने हो
बिरामी जाँची जगाई आशा अमर बन्ने हो ।
मृत्युको मुखमा पुगेकालाई बचाइ छाड्ने छु
जीवनमा सधैँ अरुको सेवा गरेर बस्ने छु ।।

डाक्टर बन्न अहिलेदेखि बुझेर पढ्नु छ
सफलता चुम्न पहिला मैले शिक्षा नै पाउनुछ ।
बाटोमा आउने काँडा ती सबै एक्लैले पन्छाउँला
दुःख र कष्ट गरेर म त डाक्टरै बनौँला ।।

शिक्षा र ज्ञान हासिल गर्न प्रयास गरौँला
नखाई हार सफल हुन कोसिस गरौँला ।
जीवनको लक्ष्य बोकेर भोलि म त्यही बनौँला
पढी र लेखी बनेर ठुलो देशको नाम राखौँला ।।

लागेमा चोट मानिसलाई ओखती बन्नेछु
जीवनमा धेरै पढेर लेखी नाम म राख्नेछु ।
मृत्युको मुखमा पुगेकालाई बचाई छाड्नेछु
बाँचुन्जेलसम्म अरुको सेवा गरेर बस्नेछु ।।

जीवनमा ठुलो सेवा नै धर्म सिकेको छु मैले
मनमा यही कुरालाई राखी जुट्नेछु जहिले ।
प्रयास गरी नखाई हार सफलता पाउने छु
जीवनमा केही गरेर भोलि नाम म राख्ने छु ।।

प्रतिक्रिया

लेखकको बारेमा

श्रेया अधिकारी